फुर्तिलो शरीर सुन्दर अनुहार अनि प्रखर अभिनय कला सर्वगुण सम्पन्न सिपोरा गुरुङ  भलिबल कि त नायिका नै हुन् र सिनेमाकी पनि |  कृष्णकुमार गुरुङको निर्देशनमा ‘घलेक, दि साइन अफ लभ’ मा अभिनय गरेकी सिपोराले पुन: उनकै निर्देशनमा बन्न लागेको  गुरूङ भाषाको सिनेमा ‘यम्फावती दि प्रिन्सेस’को लागि प्रमुख भूमिकामै हस्ताक्षर गरेकी छिन् |  सिपोरा गुरूङ्ले आफ्नो दोस्रो सिनेमाको लागि ६ लाख पारिश्रमिक लिएकी छन्।  ५० लाख लगानीमा बन्न लागेको भनिएको यस सिनेमामार्फत सिपोराले पाउने पारिश्रमिक हालका चर्चित नायिकाहरुले पाउने भन्दा बढि भएको विश्लेषकहरुले बताएका छन् | उनले आफ्नो पहिलो सिनेमामा  दुई लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन्।
पछिल्लो समय ग्ल्यामर क्षेत्रमा पनि सक्रिय सिपोरा गुरुङ  नेपाली राष्ट्रियस्तरकी भलिबल खेलाडी हुन। नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जितेकी सिपोरा वर्ष २०६७ सालको पपुलर प्लेयर अफ दी इयरको उपाधि विजेता समेत हुन् ।उनले सन् २०१३ को मिस नेपाल संस्करणमा ‘मिस ट्यालेन्ट’ समेत भएकी थिइन।

Comments