काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासँगको प्रारम्भिक अनुसन्धानका क्रममा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना भएको खुलासा भएको छ ।  राजश्व विभागका महानिर्देशक शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा राखी सुरु गरेको अनुसन्धानका क्रममा यस्तो खुलासा भएको हो ।

शर्माले निर्णय लिएका १ हजार भन्दा बढी फाइलको अध्ययन गर्नुपर्ने छ, तर ८७ फाइलको मात्रै अनुसन्धान गर्दा पनि उनले २१ अर्ब राजश्व हिनामिना गरेको देखिएको छ । अख्तियारका एक अधिकारीका अनुसार उनका सबै फाईल अध्ययन गरिसक्दा हिनामिना रकम खर्बमा पुग्न सक्ने अनुमान लगाईएको छ ।

अख्तियारले शर्माको सबै फाइल अध्ययन सक्न कम्तीमा तीनमहिना लाग्ने बताएको छ । अख्तियार आयोगले कर फर्छ्योटका क्रमममा अर्बौ रुपैयाँ घोटाला भएको सूचना प्राप्त गरेपछि शर्मालाई अख्तियारले पक्राउ गरी हिरासतमा राखेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments