काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै एमालेको बहुमतको सरकार बन्ने बताउनु भएको छ । ३ नम्बर प्रदेशबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै अध्यक्ष ओलीले अहिले सबै मिलेर एमालेलाई प्रतिपक्षको कर्नरमा पारे पनि मंसिरमा हुने संसदीय निर्वाचनमा सबै मिल्दा पनि एमालेलाई प्रतिपक्षमा राख्ने तागत नपुग्ने बताउनुभयो । उहाँले एमाले देशको समृद्धि योजनामा अघि बढेको बताउँदै अहिले निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरेर मंसिरमै नतिजा देखाउने काममा लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्रको जग स्थानीय तह भएकाले स्थानीय तह बलियो हुनुपर्ने बताउनु भयो । खनालले सामाजिक आर्थिक रुपान्तरणको काममा लाग्न जनप्रतिनिधिलाई आग्रह गर्नु भयो ।

कार्यक्रम नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनप्रतिनिधिको काम सकेर फर्कँदा शिर ठाडो पारेर फर्कने अवस्था बनाउन जनप्रतिनिधिलाई आग्रह गर्नु भयो । ३ नम्बर प्रदेशका संयोजक तथा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव ईश्वर पोखरेलले पनि बोल्नु भएको थियो ।

५२ प्रतिशतमा एमालेको जीत

३ नम्बर प्रदेशका १ सय १८ स्थानीय तहमध्ये ५२.३४ प्रतिशत अर्थात् ६४ स्थानीय तहमा एमालेले जित हासिल गरेको छ । यो मध्ये भरतपुर महानगरपालिकाको नतिजा आउन बाँकी छ । ४४ वटा नगरपालिकामध्ये ३१ वटामा एमाले विजयी भएको छ । ७३ गाउँपालिकामध्ये ३३ अध्यक्ष र ३९ उपाध्यक्षमा एमालेले जित हासिल गरेको छ । यस्तै, १ हजार १ सय ३२ वडामध्ये ५ सय ३७ वडामा एमाले विजयी भएको ३ नम्बर प्रदेश सहसंयोजक तथा एमाले पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले बताउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments