रुपन्देही । ईलाका प्रहरी कार्यलय बुटवलले फोन गरी फिरौती रकम मागेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको साविक अमवा गाविस वडा नम्बर ४ का ४० वर्षीय अर्जुन भट्टाराईलाई फोन गरी फिरौती रकम माग्ने रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय लोकनाथ न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

न्यौपानेले भटराईलाई ९८४६९३२३७३ नम्बरकोे मोबाइलबाट ३० लाख रुपैयाँ फिरौती माग गरेको र रकम नदिए छोराहरुलाई अपहरण गर्ने भन्दै धम्क्याएको प्रहरीले जानाकाजनाएको छ । न्यौपानले भट्टराईलाई फोन गरी फिरौती रकम मागेपछि मोबाइल भने स्वच अफ गर्ने गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासनीले जानाकारी दिनुभयो ।

जेठ १९ गतेदेखि २६ गतेसम्म बारम्बार फोन गरी फिरौती रकम माग्ने गरेका न्यौपानेलाई प्रहरीको विशेष टोलीले तामनगरबाट पक्राउ गर्न सफल भएको र न्यौपानेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments