मेलबर्न । अष्ट्रेलियाको सिड्नीबाट चीनको सांघाई उडेको विमानमा समस्या देखिएपछि विमान सिड्नी फर्किएको छ। चाइना इस्टर्न एयरलाइन्सको एयरबस ए३३० मा समस्या देखिएको हो ।

सिड्नीबाट उडेको १ घण्टामा समस्या देखिएपछि विमान फर्किएको थियो । उडिरहेको बेलामा इन्जिनबाट जलेको गन्ध आएको चालक दल तथा यात्रुहरुले बताएका छन् । त्यसै उड्न थालेपछि विमानको देब्रे पट्टिबाट ठूलो आवाज आएको र त्यसले आफूहरूमा डर पैदा गरेको समेत यात्रुहरुले बताएका छन् ।

सिड्नीमा अवतरण गरिसकेपछि जांच गर्दा इन्जिनमा प्वाल परेको पत्ता लागेको छ । विमानमा रहेका सबैजना सकुशल छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments