काठमाडौं । स्वदेशी विश्वविद्यालयबाट एमफिल र विद्यावारिधि (पीएडी) थर्ने विद्यार्थीले अब बौद्धिक चोरी परीक्षण उत्तीर्ण गरेपछि मात्रै उपाधिको मान्यता पाउने भएका छन् । एउटाले तयार गरेको शोधपत्र (थेसिस) अर्कोले सार्ने प्रवृत्ति बढेपछि विश्वविद्यालयले पालना गर्नुपर्ने गरी एमफिल र पीएडी उपाधिको न्यूनतम मापदण्ड र कार्यविधि ल्याएको हो ।

आयोगले पारित गरिसकेको कार्यविधिमा नौवटै विश्वविद्यालयका उपकुलपतिहरुले पनि सहमति जनाइसकेको आमयोगले जनाएको छ । कार्यविधिमा भनिएको छ, ‘शोधलाई अन्तिम स्वीकृति दिनुपूर्व विश्वविद्यालयले व्यवस्था गरेबमोजिम बौद्धिक चोरी परीक्षण उत्तीर्ण गरेको हुनुपर्ने छ ।’

विद्यार्थीले तयार गरेको थेसिसलाई स्वीकृत गर्नुअघि सफ्टवेयरमा राखेर अन्यन्त्रबाट सारेको हो वा होइन,  पत्ता लगाउने व्यवस्था गर्न लागिएको आयोगका अनुसन्धान महाशाखा निर्देशक दीपककुमार खड्काले जानकारी दिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments