मेलबर्न। अष्ट्रेलियामा यसपालिको तीज भव्य हुनेभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले ‘तीज महोत्सव’ को आयोजना गरेर तीजलाई भव्य बनाउने जमर्को गरेको हो ।

उक्त ‘तीज महोत्सव’ मा चर्चित गायिका सुनिता दुलालको लाइभ प्रस्तुती रहनेछ। साथै कार्यक्रममा आफ्नो प्रस्तुति दिन चाहने नेपालीहरुले आयोजक संस्थामा सम्पर्क गरेर वा संस्थाको नारिनिकुन्ज विभागका सदस्यहरुमार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तीज संस्कृतिको सम्बर्द्धन साथै नेपालमा रहेका पिछडिएका महिलाहरुको सहयोगार्थ रकम संकलनको उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले बताएको छ ।

परिवार सहित जान सकिने दिउँसोको कार्यक्रमको टिकट मूल्य ५ डलर रहेको छ भने महिलाहरुको लागि रहेको रातिको कार्यक्रमको टिकट मूल्य २० डलर रहेको छ । दिउँसोको कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र रातिको कार्यक्रम बेलुका ६ बजेदेखि राति १० बजेसम्म हुनेछ ।

सांस्कृतिक प्रस्तुतिसंगै विभिन्न स्टल तथा बालबालिकाहरुको लागि मनोरन्जनात्मक कार्यक्रम रहने ‘तीज महोत्सव’ १२ अगस्ट २०१७, शनिबारका दिन orion function चेन्त्रे, 155 Beamish St , campside NSW 2194 मा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments