मेलबर्न । नेपाली चलचित्रको राम्रो बजारको रुपमा स्थापित हुँदै गएको अष्ट्रेलियामा पहिलो पटक नेपाली चलचित्र महोत्सव हुने भएको छ ।

अष्ट्रेलियामा नेपाली चलचित्रको बजार अझ फराकिलो बनाउन महोत्सवको आयोजना गर्न लागिएको आयोजकले बताए । डेढ दशक अगाडि चलचित्र ‘बलिदान’ बाट शुरू भएको अष्ट्रेलियामा हाल हरेक हप्ताजसो नेपाली चलचित्र प्रदर्शन हुँदै आएको छ ।

आगामी नोभेम्वरमा सिड्नीमा हुने महोत्सवको संयोजन चलचित्र निर्देशक मनोज अधिकारीले गर्दैछन् ।

टु टेबल्स नामक संस्थाले आयोजना गर्न लागेको यो महोत्सबव ३ नोभेम्वरदेखि ५ नोभेम्वर गरि तीन दिनसम्म आयोजना हुनेछ ।
नेपाली चलचित्रका बिभिन्न बिधाहरूलाई समेटेर आयोजना गर्न लागिएको महोत्सवमा कथानक, लघु र बृत्तचित्रहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ । महोत्सवमा सहभागीता जनाउन चाहनेले अगष्ट २५ सम्म आफ्ना चलचित्रहरु द्यर्ता गराउन सकिने संयोजक अधिकारीले बताए । अनलाइन मार्फत चलचित्र दर्ता गराउन सकिने व्यवस्था मिलाइएको पनि उनले बताए ।

महोत्सवमा नेपालबाट नेपाली चलचित्र क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुको समेत उपस्थिति हुने जानकारी दिइएको छ ।

Please follow and like us:

Comments