केकी अधिकारी

keki-adhikari-shrwawn-month-green

मलाई तीज निकै मनपर्छ । यसपालि पनि विगतका वर्षमा झै उल्लासका साथ मनाउने योजना बनाएकी छु । म परिवारसँगै तीज मनाउने गर्छु । मलाई नाच्न निकै मनपर्छ । तीजको बहानामा आफन्ती, दिदीबहिनीसँग नाचगान गर्नुको मज्जै बेग्लै हुन्छ । तीज हिन्दू नारीको महान् पर्व भएकाले खुसीयाली साट्ने अवसर पनि हो । दर खाने कार्यक्रम त सुरु भइसकेको छ । मामाघर जाँदा निकै रमाइलो लाग्छ । म सिम्पल लेडी हुँ । तडकभडक मनपर्दैन । तीजका लागि भनेर छुट्टै सपिङ पनि गदिनँ । व्र्रत भने बस्छु । राम्रो पति पाऊँ, या लामो आयु होस् भनेरचाहिँ व्रत बस्दिनँ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनक भएको कुरा त साइन्टिफिकल्ली पनि प्रुभ भइसकेको छ । आत्मसन्तुष्टि र खुसी हुन व्रत बस्छु ।

नीता ढुंगाना

nita-dhunganaतीज मलाई विशेष लाग्छ । तर, यसपालि भुलभुलैयाको सुटिङमा व्यस्त भएकाले तिज आए–नआएको पत्तो छैन । तिजका लागि सपिङ गर्ने योजना छ । तर, फुर्सद मिलेको छैन । म पहिले कहिल्यै व्रत बसिनँ । तर, यसपालि भने निराहार व्रत बस्दै छु । आफ्नो र आफ्नो मान्छेको दीघार्यू, सुस्वास्थ्य र प्रगतिको कामना गर्छु । तिजमा हामी दिदीबहिनी एकै ठाउँ जम्मा हुन्छौँ । मज्जाले नाचिन्छ । आमा नहुँदा भने साह्रै दु :ख लाग्छ । तर, पनि खुसी हुने कोसिस गर्छु ।

गरिमा पन्त

Garima-panta

मलाई तीज रमाइलो लाग्छ । पूर्ण हिन्दू संस्कारमा हुकिर्एकीले आफ्नो संस्कृति र परम्पराप्रति मेरो आस्था छ । त्यसैले हरितालिका तिज खुसीसाथ मनाउँछु । आजभोलि दर खाने कार्यक्रमको निम्तो आइरहेको छ । तर, ठूली रिलिज भइरहेकाले त्यसकै प्रमोसनमा लागिरहेकी छु । म पहिला कहिल्यै व्रत बसेकी छैन । तर, यसपालि भने स्वास्थ्यले साथ दिए निराहार व्रत बस्ने योजना छ । मैले तिजका लागि भनेर छुट्टै सपिङ भने गदिनँ । र्तर, दसैँमा भने सपिङ गर्छु । रातो कुर्ता भने लगाउँछु । परिवारका सदस्यले जे–जे गर्छन्, म त पछि–पछि लागेर तिज मनाउँछु ।

रजनी केसी 

rajani-kc-red-one-piece

चाडपर्वमध्ये तीज मलाई सबैभन्दा बेस्ट लाग्छ । स्कुल पढ्दादेखि नै तिजको व्रत बस्दै आएकी छु । हरेक तिजमा निराहार व्रत बस्ने गरेकी छु । सानोमा आमाको साथ लागेर व्रत बसेँ । पछि त्यही बानी पर्‍यो । यसपालिको तिजको दर खान भने सुरु भइरहेको छ । घरमै आमा, बहिनीहरसँग नाच्ने गरेकी छु । मलाई साडी निकै मनपर्छ । त्यसमाथि तिजमा रातो साडी लगाएर नाच्दा त फुरुंगै पर्छु । तिजको दिन महिला पूरै रातै पहिरनमा हिँडेको, नाचेको देख्दा आनन्द लाग्छ । तिजको दिन त म दिनैभरि नाच्छु ।

आयुष्मा कार्की

10007070_664925923570712_1259481388_n

 

मलाई तीज एकदमै मनपर्छ । आमा दिदीबहिनी, साथीहर एक ठाउँमा जम्मा भई नाचगान गर्ने, व्रत बस्ने, पञ्चमी लिँदाका पल निकै रमाइलो लाग्छ । म शिवभक्त भएकाले शिवको पूजाआराधना गर्छु । पानी पनि नपिई व्रत बस्छु । सानोमा आमा बसेको देखेर म पनि लहलहैमा व्रत बस्थेँ । भोकले खपिनसक्नु भएपछि खाइहाल्थेँ । तर, बुझ्ने भएपछि साउने सोमबार, तिजको व्रत बस्न थालेँ । अचेल त व्रत बस्दा निकै आनन्द आउँछ । म आफ्नै सफलता र मनोकांक्षा पूराका लागि व्रत बस्ने गरेकी हुँ । हिन्दू महिलाको महान् पर्व भएकाले पूर्ण संस्कारका साथ तिज मनाउँछु ।

अनु शाह

/fhwfgLdf z'qmaf/ Ps Do'lhs lel8of]df gfRb} gflosf cg' zfx .

 

तीज नजिकिँदै गए पनि म सुटिङमा व्यस्त भएकाले रमझमले छोएको छैन । तर, मलाई तीज एकदमै मनपर्छ । विशेषगरी तिजमा व्रत बस्न, रातो लुगा लगाएर नाच्न निकै मन पर्छ । सकेसम्म पानी पनि नपिई व्रत बस्ने गरेकी छु । सकिएन भने फलफूल खान्छु । मैले आफ्नै लागि व्रत बस्ने गरेकी छु । तर, भगवान्सँग भने केही माग्दिनँ । भगवानलाई सबै कुरा थाह छ, माग्नै पर्दैन । यसपाली पनि आमा, दिदीबहिनीसँग दिल खोलेर नाचिन्छ । ( श्रोत: हसहजुर)

Comments

comments