एजेन्सी। विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले जीत दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको विश्व विजेता जर्मनीले सान मारिनोलाई ७–० ले हराएर शानदार जीत हासिल गरेको हो ।

जर्मनीको लागि सान्ड्रो वाग्नरले ह्याट्रिक गरे भने शद्दरन मुस्ताफी, अमिन युनिस, जुलियन ब्रान्ट र जुलियन ड्रेक्सलरले एक एक गोल गरे ।

छनौट चरणमा अहिलेसम्म भएका सबै ६ खेल जितेको जर्मनी १८ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments