जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा छविराम काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा  नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मुद्दा फाँटमा कार्यरत काफ्लेलाई सेवाग्राही सविन ठकुराठीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

हातहतियार सम्बन्धी मुद्दा मिलाइदिनेभन्दै काफ्लेले घुस मागेको ठकुराठीले जनाएका छन् । तर, काफ्लेले भने आफूलाई नियोजित रुपमा फसाइएको भन्दै ठकुराठीले जर्बजस्ती पैसा छाडेर गएको दाबी गरेका छन् । पैसा छाडेर गए पछि आफुलाई फोन गरेर फिर्ता गरिदिन मन लागेको काफ्लेले बताए | 

Please follow and like us:

Comments