काठमाडौं । गाजरको हलुवालाई मिष्ठान्न परिकारको रुपमा लिईन्छ । गाजरको हलुवा स्वादिलो हुनुको साथै पोषिलो समेत हुन्छ । यो परिकार बनाउने विधि एकदमै सजिलो छ

आवश्यक सामाग्री
गाँजर १ किलो, दुध ३पाउन, चिनी आधा किलो, बदाम आधा कप(टुक्रा गरेर काटेको), अलाईची १ चम्चा (धुलो), सुकमेल १ चम्चा (धुलो)
घिउ १ चम्चा

पकाउने बिधि

गाँजरलाई मसिनो पारेर कोरेसोमा कोरने र कोरिसकेपछि पानीमा राखेर उमाल्ने ।

गाँजर राम्ररी पाकेपछि एउटा कपडामा राखेर पानी छान्ने ।

दुधलाई बाक्लो हुने गरि उमाल्ने अनि चिनी राखेर दुधलाई बाक्लो बनाउँने ।

आवश्यक मसला र गाँजर सबैलाई भुटेर दुधमा हाल्ने अनि राम्रोसँग चलाउने ।

लेदो बनेर जमेपछि आँचबाट उतार्ने । गाँजरको हलुवा तयार भयो ।

सर्व गर्दा गाँजरको हलुवा माथी नरिवलको धुलो, सुकमेलको धुलो, बदामको धुलो अलिअलि छर्कने जसले गर्दा राम्रो दखिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments