काठमाडौं । स्वास्थ्यमा आउने केही खराबी तथा शरीरमा देखिएको केही परिवर्तनलाई सामान्य रुपमा लिंदा वा जांच नगराउँदा त्यसले जिन्दगीमा निराशा ल्याईदिन सक्छ । यस्तै भएको छ , एस्तेला मेलेंडेज़लाई ।

एस्तेला तीस वर्षकी हुँदा गर्भवती भईन् । तर उनको बच्चा गर्भमै मर्यो । बच्चाको पूर्ण आकार नहुँदै मृत्यु भएकोले उनले आफू गर्भवती भए/नभएको यकिन गर्न समेत सकिनन् । त्यस यता उनि कहिल्यै गर्भवती भईनन् र समाजबाट बाँझो हुनुको हेपाई सहिरहीन् । गर्भवती नहुँदा पनि उनको पेट भने गह्रौं र ठूलो भइराख्यो । उनि, उनका श्रीमान सहित सबैले उनको पेटमा मासु पलाएको र त्यसकै कारण गर्भ नबसेको अनुमान गरे ।

माझि परिवारका उनिहरुसंग पर्याप्त पैसाको अभाव भएको कारण उपचारको लागि अस्पताल गएनन् तर उपचारको लागि जीवनभर पैसा जम्मा गरिराखे । एस्तेला डेढ  वर्ष अघि अस्पताल पुगेर जांच गर्दा आश्चर्य र संगै परेकी थिईन् । त्यो अनुभव बाँड्नको लागि उनका श्रीमानको मृत्यु भइसकेको छ ।

डाक्टरहरुका अनुसार एस्तेलाको पेटमा मासु पलाएको नभई उनको गर्भमा मरेको बच्चा त्यहीं उनको गर्भमै रहिरहेको छ । ९१ वर्षीय एस्तेलाको उमेरका कारण उनको शल्यक्रिया गरेर उपचार गर्न नसकिने हुँदा उनले जीवनको आगामी वर्ष पनि यत्तिकै बाँच्नुपर्ने डाक्टरहरुले बताएका थिए । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments