क्यानबेरा । सुमधुर स्वरका धनी गायक कर्णदासले आफ्नो जादुमयी स्वरले फेरि एकपटक अष्ट्रेलियाका नेपाली दर्शक श्रोताहरुलाई मन्त्रमुग्ध पारेका छन् ।

इन्टरनेसनल नेपाल फेलोसिप अष्ट्रेलियाको आयोजनामा क्यानबेरामा आयोजित सांगीतिक कार्यक्रममा गायक कर्णदासले आफ्नो शानदार प्रस्तुति दिएका हुन् । ओरिजिन नेपाल रेस्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा उपस्थित श्रोता दर्शकहरुको वान्स मोरपछि कर्णदासले ‘जिन्दगीको के भरोसा’ गीत दोहो¥याई तेह¥याई गाउन बाध्य भए ।

राजधानी क्यानबेरामा भएको सांगीतिक कार्यक्रममा नेपालीहरुको साथै अष्ट्रेलियनहरुको समेत उत्साहजनक उपस्थिति रहेको थियो । कति दर्शक त कर्णदासकै शो हेर्न डेढ घन्टाको यात्रा पार गरी यास र गोल्बर्नबाट समेत आएका थिए । कार्यक्रममा कलाकार कर्णदासले ‘ठूलाठूला महल हैन’, ‘जिन्दगीको के भरोसा’, ‘तिम्रो मेरो सम्बन्धको , ‘पुरानो डुंगा’ लगायत आफ्ना एक दर्जन सदाबहार गीतहरू गएका थिए ।

आइएनएफद्वारा नेपालको पोखरामा निर्माणाधीन ग्रीन पाश्चर हस्पिटलको सहयोगार्थ क्यानबेरा र सिड्नीमा कर्णदास साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

File Photo

Comments

comments