जिन्दगीमा केही गर्न सकिएन वा गर्न सकिन्नँ भन्ने सोच्न राख्नेहरुका लागि रोमा न्यौपाने एउटी प्रेरणाकी पात्र हुन् । उनीसँग एउटा खुट्टा छैन । तर त्यसको बदलामा उनीसँग बेजोड प्रतिभा  छ ।

अर्थात एक खुट्टाको भरमा नृत्य गरेर सबैको दिल जित्नसक्ने खुबी र कला छन् उनीसँग ।

उनै रोमा अहिले अष्ट्रेलियाको सिड्नीमा छिन् । तीजको छेकोमा आगामी शनिवार अर्थात अगष्ट ३० मा हुने विशेष कार्यक्रममा सहभागी हुन उनी अष्ट्रेलिया आएकी हुन् । पोलिस क्लब एसफिल्डमा साँझ ५:३० बजेबाट शुरु हुने मिट एण्ड ग्रिट वीथ रोमा म्यूजिकल नाइट कार्यक्रममा रोमाले विभिन्न गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गर्नेछिन् ।

Comments

comments