दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कोहिनुर’ ले १८ दिनसम्म ७ करोड पाँच लाख ग्रस कलेक्शन गरेको छ । मुलुकभरका करिव ८० पर्दामा प्रदर्शनरत यो चलचित्र तेस्रो सातासम्म आईपुग्दा ७ करोड माथी कलेक्शन गर्न सफल भएको हो ।

आजका दिनसम्म पनि चलचित्र हेर्न हलसम्म पुग्ने दर्शकको संख्यामा कमी छैन् । अभिनेता श्रेष्ठको निधनसँगै उनको अन्तिम चलचित्र हेरेर श्रद्धाञ्जली व्यक्त गर्नकै लागि भनेर पनि दर्शक आजका दिनसम्म हलमा आईरहेका छन् ।

श्रीसँगै उनकी पत्नि श्वेता खड्का लिड रोलमा रहेको यो चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । बेचिएकी चेलीको कथा बोलेको यो चलचित्रलाई विदेशमा प्रदर्शनको लागि दर्जन बढी देशहरुबाट माग भईरहेको पनि निर्देशक अधिकारीले बताएका छन् ।

तर कोहिनूर चलचित्र भने मध्यमस्तरको भएको दर्शकहरुको प्रतिक्रिया छ ।

Comments

comments