काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समयमा चर्चा कमाएको सफल चलचित्र प्रेमगीतका नायक हुन् , प्रदिप खड्का । चलचित्रको पर्दाबाट प्रेमको रुपमा चिनिएका उनले धेरै दर्शकहरुबाट माया कमाएर सफल नवनायकको छवि बनाएका छन् । तर प्रदिपका अनुसार यहाँसम्म आइपुग्न उनले धेरै संघर्ष गरेका छन् ।

प्रदिप खड्का सानै देखि टि.भीमा देखिएर चर्चित हुन चाहन्थे । सबैले चिनुन् भन्ने सोंचले नै उनले टि.भीमा समाचारवाचक बन्ने उद्देश्य लिएर विभिन्न उद्घोषण  तालिम तथा टेलिभिजन सेट हुँदै नेपाल टेलिभिजन सम्म पुगे । तर त्यहाँ उनि कार्यक्रम व्यवस्थापक बने जसले उनको ईच्छा पूरा गर्न सकेन । टि.भीमा काम गर्दा प्रदिपलाई नाम कमाउनको लागि मोडल वा चलचित्रको नायक बन्नुपर्ने रहेछ भन्ने लाग्यो । तर न त उनलाई कतै बाट त्यस सम्बन्धि काम नै आउंथे न उनले कसैलाई आग्रह नै गर्न सक्थे ।

आफ्नो अभिनय र चर्चित हुने ईच्छा पूरा गर्न अन्तत: प्रदीपले फिल्म बनाउने निर्णय गरे । २२ वर्षे उनले सामाजिक कथामा आधारित ‘ठूलो मान्छे’ चलचित्र निर्माण गरे जसमा प्रशान्त तामांग र केकी अधिकारिको मूख्य भूमिका थियो । चलचित्रको कथावस्तुलाई आवश्यक नायकको भूमिका आफूलाई नसुहाउने भएपछी उनको नायक बन्ने सपना त्यतिबेला पनि अधुरो रह्यो । हलमा नचलेको उक्त फिल्मले च्यारिटी शोमार्फत लगानी भने उठाएको प्रदिप बताउँछन् ।

पहिलो चलचित्रले पूरा नगरिदिएको आफ्नो सपना पूरा गर्न आफै नायक बनेर प्रदीपले दोस्रो फिल्म ‘स्केप’ बनाए’ । रिमा विश्वकर्मा नायिका रहेको उनको उक्त फिल्ममा कुसंगतमा लागेर बिग्रिएका युवाहरुको कथा समेटिएको थियो । दोस्रो चलचित्र पनि हलमा चल्न सकेन भने च्यारिटी गर्न पनि नमिल्ने खालको भएका कारण सबै लगानी डुब्यो । त्यसपछि प्रदिपको घरबाट अष्ट्रेलिया जाने सल्लाह आयो । धेरै पैसा डुबेको र आफ्नो अभिनय करियर पनि राम्रो हुने छाँट नदेखेपछि प्रदिपले पनि अष्ट्रेलिया जानु उचित ठानेर सबै प्रक्रिया पूरा गर्न थाले । घरजग्गाको बैङ्क भ्यालुएसन मात्र बाँकी थियो । सोही समय देशमा महाभूकम्प आयो । भूकम्पपछि देशमा देखिएको विभिन्न प्रभावले बैङ्कले घरजग्गा भ्यालुएसन गरिदिएन ।

नायक बन्ने सपना देखेका प्रदीपले त्यसपछि अष्ट्रेलियाको लागि सपना छोडे । उनले एकदिन प्रेमगीतको लागि नयाँ अनुहार चाहिएकोले अडिसन चलिरहेको थाहा पाए । कुनै आशा बिना नै अडिसन दिएका उनि अन्तत: फिल्मको लागि छानिए । फिल्मको सुटिंगको पहिलो दिन नर्भस भएर सुटिंगनै रोक्नु पर्ने अवस्थामा पुगेका उनले दिन प्रतिदिन आफूलाई निखार्दै गएर सोही फिल्म मार्फत ‘प्रेम’ बनेर सबैको प्रेम बटुले । प्रेमगीतबाट आफ्नो सपना पूरा गरेका उनी प्रेमगीत-२ मार्फत सफलतालाई अझ उचाईंमा पुर्याउने तयारि गरिरहेका छन् । पढाईमा समेत अब्बल ठहरिएका प्रदिपले एम.बि.एको डिग्री हासील गरिसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments