मेलबर्न । अष्ट्रेलियाको सिड्नीस्थित एक क्लिनिङ्ग कम्पनी जरिवानामा परेको छ । कम्पनीमा काम गर्ने विदेशी कामदारहरुमाथि शोषण गरेको पाइएपछि कम्पनीलाई जरिवाना तोकिएको हो ।

कम्पनीले सन् २०११ देखि देखि ५१ कामदारलाई ’दास’ को व्यवहार गरेको पत्ता लागेको समाचारमा जनाइएको छ । सोहि अनुसार ४४७,३०० डलर जरिवाना कम्पनीले तिर्नुपर्नेभएको छ । त्यस्तै २०११ देखि २०१३ सम्मका ४९ कर्मचारीहरुलाई कम्पनीको सामूहिक सम्पत्ति सेवा २२३,००० डलर कम्पनीले दिनुपर्नेछ ।

उक्त कम्पनीमा अस्थायी भिसामा आएका विदेशी कामदार तथा विदेशी विद्यार्थीले काम गर्ने गरेका थिए । अष्ट्रेलियाको कामदार सम्बन्धि कानून थाहा नपाएको कारण उनीहरु लामो समयसम्म पीडित बन्नुपरेको बताइएको छ ।

त्यहा काम गर्ने कामदारहरुलाई पैसा दिइदैनथ्यो । त्यस्तै बिरामी भएर काम गर्न नसक्ने अवस्थामा शारीरिक यातना दिने गरेको समेत खुल्न आएको छ । कतिपय कामदारहरु त्यहीं काम गर्दा गर्दै भिसा र पैसा सकिएर आफ्नो देश फर्किसकेका छन् ।

कामदारहरुमाथि अमानवीय कार्य गरेको भन्दै अदालतले कम्पनीका पूर्व संचालक रोसरिओलाई व्यक्तिगत रुपमा ७४,३०० डलर जरिवाना तोकेको छ ।

Comments

comments