भक्तपुर ।  गत २०७३ सालको एसईई परीक्षाको नतिजा आउँदो असारको पहिलो सातामा सार्वजनिक गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले तथ्याङ्क ‘इन्ट्री’सम्बन्धी काम सकिएको र त्रुटि पत्ता लगाउने लगायतका कार्य भइरहेको जानकारी दिँदै भन्नुभयो, ‘सकेसम्म अबको सात दिनभित्र नतिजा सार्वजनिक गर्ने प्रयासमा छाैँ ।’ उहाँले सकभर त्रुटि कम गर्न समय लाग्ने बताउनुभयो ।

गत चैतमा सञ्चालित परीक्षामा करिब छ लाख परीक्षार्थी सम्मिलित थिए । उहाँले प्राविधिक तर्फको परीक्षाको नतिजा केही दिन ढिला हुने जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments