एजेन्सी । आधुनिक मानव जातिको उत्पत्ति पूर्वी अफ्रिकाको एउटै थलोबाट २ लाख वर्ष अघि भएको तथ्य अब तर्कसंगत नरहेको नयाँ अध्ययनले देखाएको छ ।

उत्तरी अफ्रिकाको मोरक्कोमा संभावित पहिलो मानव कंकालका अवशेष भेटिएपछि नयाँ तथ्य भेटिएको वैज्ञानिकहरुको दावी छ । नेचर नामक जर्नलमा प्रकाशित एक वैज्ञानिक खोजका अनुसार ती कंकाल, हाडखोर तथा दाँतका अवशेषहरुले आधुनिक मानवको उत्पत्ति अनुमान गरिए भन्दा एकलाख वर्ष पहिले नै भएको खुलासा भएको हो । अध्ययनको नेतृत्व गरेका प्रोफेसर हब्लिन र उनको टोलीले ५वटा मानव जीवावशेष परिक्षण पश्चात आफूहरु यस्तो निष्कर्षमा पुगेको पत्रकार सम्मेलन मार्फत जनाएका हुन् ।

प्रोफेसर हब्लिनले ती आदिमानवले ढुङ्गाका औजारहरु प्रयोग गर्ने र आगो बनाउन तथा त्यसको नियन्त्रण गर्न जानेको तथ्य फेला परेको बताएका छन् ।  तिनीहरु होमो सेपियन्स जस्तो देखिने मात्र नभइ व्यवहारतः पनि होमो सेपियन्स जस्तै नै भएको उनको भनाई छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments