एजेन्सी । च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई १९ रनले हराएको छ । वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस नियमअनुसार पाकिस्तान १९ रनले विजयी भएको हो ।

पानी पर्नुअघि पाकिस्तानले २७ ओभरमा १ सय १९ रन बनाएको थियो । पाकिस्तानका फखर जामनले २३ बलमा ३१ रन, बाबर आजमले ५१ बलमा ३१ रन, मोहम्मद अफिजले ५३ बलमा २६ रन साथै सोयब मल्लिकले १४ बलमा १६ रन बनाए । दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले तीन विकेट लिए ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले १ सय ४ बलमा अविजित ७५ रन बनाए । यस्तै, क्वेन्टन डिकोकले ४९ बलमा ३३ रन, क्रिस मोरिसले ४५ बलमा २८ रन साथै कागिसो रबाडाले २३ बलमा २६ रन बनाए । पाकिस्तानका हसन अलिले तीन, जुनेद खान र इमाद वासिमले दुई÷दुई साथै मोहम्मद हफिजले एक विकेट लिए । बिहीबार श्रीलंका र भारतबीच खेल हुँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments