एजेन्सी । आमिर खानको महत्वाकांक्षी चलचित्र मानिएको ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङ सुरु भएको छ । चलचित्रलाई आदित्य चोपडाले निर्माण गर्न लागेका हुन् ।

यस चलचित्रमा अभिनेता अमिताभ बच्चन र आमिर खानले संगै काम गरेका छन् । ‘ठग्स अफ हिन्दुस्तान’ चलचित्र ‘पाइरेट्स अफ क्यारेबियन’ मा आधारित हो भन्ने हल्लालाई चलचित्र मिल्दोजुल्दो नभएको भन्दै निर्माण पक्षले खण्डन गर्दै आएको छ ।

यस चलचित्रको लागि पारिश्रमिक झन्डै ६० करोड लिएको भनिएका आमिर खानले चलचित्र समुद्री लुटेरासँग सम्बन्धित नरहेको समेत स्पष्ट पारेका छन् ।

चलचित्रमा आमिर खान, अमिताभ बच्चन, कट्रिना कैफ र फतिमा सना सेख मूख्य भूमिका देखिनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments