एजेन्सी । एक सय १६ जना व्यक्ति सवार म्यानमारको एक सैनिक विमान समुन्द्रमा दुर्घटनाग्रस्त अवस्थामा फेलापरेको छ । म्यानमारको मुख्य सैनिक हवाई अड्डाका अनुसार बुधबार एक शहरको दक्षिण भाग र याङगुनको बीच भागबाट सम्पर्कविहीन भएको विमानको केहि टुक्रा दवेइ शहरबाट २१८ किलोमिटर टाढा समुद्रमा फेलापरेको हो ।

एक पर्यटन कार्यालयका अधिकारी नायंग लिन झवले जल सैनिकहरुले समुद्रमा खसेको उक्त विमानको भग्नावशेषहरु खोजिरहेको बताए । मुख्य कमान्डर इन चिफको कार्यालयले स्थानीय समयअनुसार बुधबार दिउँसो १ बजेर ३५ मा उक्त सैनिक विमान दवेइ सहरबाट २० माइल्स पश्चिम पुगेपछि अचानक सम्पर्कविच्छेद भएको जनाइएको थियो ।

विमानमा सैनिकका आफन्त तथा एक दर्जनभन्दा बढी बालबालिकाहरु सवार रहेको बताइएको छ । म्यानमारको हवाई अड्डाले ११ जना चालकदलका सदस्य सहित विमानमा अन्य १०५ जना रहेको बताएपनि विमानमा कति जना सवार थिए भन्ने कुरा यकिन हुन नसकेको अन्तरराष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ले उल्लेख गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments