मेलबर्न । अष्ट्रेलियामा विद्यार्थीले काम गर्दै पढ्ने गर्नाले आर्थिक रुपमा सक्षम हुनुको साथै कामको अनुभव पनि लिन सकिन्छ र अष्ट्रेलियाको कामको वातावरण बारे अझ धेरै बुझ्न सकिन्छ। अझ त्यसमा पनि स्पोन्सर गरिएको काम गर्न सक्ने हो भने पछि अष्ट्रेलियामा स्थायी बसोवास गर्न चाहेमा अझ सजिलो हुन्छ । स्पोन्सर गरिएको काम पाउनको लागि केही कुरामा ध्यान पुर्याउनुपर्छ ।

– अष्ट्रेलियाको कामको बजारमा चलिरहेको कामदारको पद अनुसारको योग्यताको बारेमा बुझ्नुपर्छ। अष्ट्रेलियन स्किल रिकोग्नेसन सिस्टम वेबसाइट बाट यो जानकारी लिन सकिन्छ । ती योग्यता अनुसार आफूलाई विकसित गर्नुपर्छ ।

– कम्पनीको कामको लागि निवेदनहरु धेरै पर्छन्। त्यसैले आफ्नो निवेदन कम्पनीको नजरमा परोस् भन्नको लागि आकर्षक र कम्पनिको बारेमा बुझेर मात्र निवेदन लेख्ने तथा रिजुम बनाउने गर्नुपर्छ।

– कम्पनिहरुले स्पोन्सर गर्ने कामको लागि विज्ञापन गर्दैनन् । त्यसैले उनीहरुको कार्यक्रम वा त्यहाँ काम गरिरहेको तपाईंले चिनेको मानिस मार्फत कम्पनीले गर्ने स्पोन्सर बारे बुझ्नुपर्छ। त्यस्तै कम्पनीको वेबसाइट हेर्नुहोस् । कम्पनि संग सम्बन्धित आफ्नो कामको अनुभव वा योग्यता भएमा रिजुम छोड्नुपर्छ ।

-अष्ट्रेलियामा रहंदा विभिन्न नेपाली तथा विदेशी संस्थाहरु, सामाजिक समूह, अनलाइन नेटवर्क आदिमा राम्रो सम्बन्ध कायम राख्नुहोस् । आफ्नो योग्यता र कामको आवश्यकताको बारेमा अरुमा जानकारी पुर्याउनुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments