काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ । भारत मुम्बईको अधेँरीस्थित स्पोर्टस् कम्प्लेक्समा मंगलबार बेलुका भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शून्यका विरुद्ध दुई गोलले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफको ५९ औँ मिनेटमा भारतका सन्देश झिँगनले पहिलो गोल गरे भने खेलको ७८ औँ मिनेटमा अर्का खेलाडी जेजेलाल पेखुलले एक गोल थपें । यता खेलको ६७ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जनले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो ।

भारतकै निमन्त्रणामा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्ध भएपछि भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments