बर्दिया । स्थानिय तह निर्वाचनको मिति दुई पटकसम्म सरेपछि दोश्रो चरणको निर्वाचन हुने दिन मध्य असारमा पुगेको छ। अधिकांस मतदाताहरु कृषिमै आश्रित भएको नेपालमा असारे निर्वाचन हुने भएपछि उम्मेद्वारहरु भोट माग्न खेत खेतमै पुग्न थालेका छन् ।

दिनभरी भोट माग्न घरघर पुग्यो किसानहरु घरमा भेटिदैनन् गुलरिया नगरपालिका वार्ड नम्वर ६ बाट नेपाली काँग्रेसका वडा सदस्य पदका उम्मेदवार शुधांसु प्रकाश शर्मा (लालु) बताउनु हुन्छ । किसान हरु घरमा नभेटिएपछि खेतमै भोट माग्न पुगेको वहाँको भनाई छ। वीस वर्ष पछि आएको निर्वाचन कसरी छोड्नु उहाँले थप्नुभयो खेतमै गएर भोट माग्दा किसानको पिडा पनि उम्मेदवारलाई वोध हुन्छ ।

दैनिक १२÷१५ जना किसानहरुलाई खेतमै पुगेर आफ्नो उम्मेद्वारीका वारेमा जानकारी गराउँदै भोट माग्ने गरेको उहाँ वताउनु हुन्छ । खेतमै पुग्दा किसानहरु खुशी भएर आफ्ना समस्या पोख्ने गरेको शर्माको भनाई छ । असारमा निर्वाचन भएर उम्मेदवारलाई कुनै समस्या नभएको उहाँको वुझाई छ ।

असार महिना कर्मचारी हरुलाई समेत क्लोजिङ्गको लहभरी हुने महिना हो । असारमै निर्वाचन हुने भएपछि कर्मचारीहरु तनावमा परेको देखिन्छन् । एकातिर निर्वाचनमा खटिनु पर्ने सम्भावना अर्को्तिर कार्यालयकै सम्पन्न गर्नुपर्ने प्रसस्त कामहरुले गर्दा पनि कर्मचारीहरु चपेटामा पर्ने निश्चित छ ।

गुलरिया नगरपालिका कार्यालयका ओभरसियर अर्जुन लम्साल भन्नुहुन्छ असारमा कर्मचारीहरु कार्यालयकै काममा वढी व्यस्त रहन्छन्। उता निर्वाचनमा खटाएपछि पनि काम गर्नै पर्छ । उहाँले थप्नु भयो असारे निर्वाचनले कर्मचारीको थप कामको भार अवस्य वढ्छ । जे भएपनि निर्वाचन शान्तिपूर्ण तरिकाबाट सम्पन्न गराउन कर्मचारीहरु लाग्नै पर्ने हुन्छ ।

सरकारले बर्षामास असारमा निर्वाचनको मिति तय गरेर गलत गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाका नेता मेघनाथ अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो असारे निर्वाचनका कारण मतदान गरेको मतपत्रमा समेत हिलो लाग्ने सम्भावना छ । हिलो लागेको मतपत्र सदर हुन्छ की वदर निर्वाचन आयोगले प्रष्ट्याउनु पर्ने उहाँको माग छ । तराईका ४ वटा प्रदेशमा हुन लागेको दोश्रो चरणको निर्वाचन जटील हुने देखिएकाले सरकार शतर्क रहनु पर्ने उहाँको सुझाव छ ।

गुलरिया नगर विकास समिति बर्दियाका अध्यक्ष शुभाष कुमार पोखरेल भन्नुहुन्छ बर्षातको समय भएकाले पनि असार महिनामा किसानहरु खेतीपातीमा व्यस्त हुन्छन्। निर्वाचनका कारण यसबर्षको धान दिवस तराईमा प्रभावित हुन्छ उहाँले थप्नुभयो किसान मात्र होईन कर्मचारीलाई पनि समस्या पर्छ । निर्वाचनमा खटिनु पर्ने वाध्यता त एकातिर छँदैछ अर्कोतिर क्लोजिङ्गको महिना भएकाले पनि कर्मचारीलाई भ्याई नभ्याई छ ।

जस्तो सुकै परिस्थिती भएपनि लामो समय पछि आएको निर्वाचन भएकाले शान्तिपूर्ण तरिकाबाट सम्पन्न गराउनु सवैका भुमिका हुने अध्यक्ष पोखरेलले बताउनुभयो। कर्मचारी, किसान सवै मिलेर संविधान प्रदत्त स्थानिय तहको निर्वाचन सफल वनाउनु पर्ने उहाँको भनाई थियो। दोश्रो चरणको निर्वाचन अन्र्तगत बर्दियामा असार १४ गतेलाई निर्वाचनको मिति तोकिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments