काठमाडौं । प्रधानमन्त्रीका रुपमा चौंथौ पटक निर्वाचित हुनु भएको छ । ब्यवस्थापिका संसदमा हाल ५ सय ९३ सांसद रहेकामा मंगलबार भएको मतदानमा स्पष्ट बहुमत प्राप्त गरी देउवा प्रधानमन्त्री बन्नु भएको हो ।

बि.सं २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा जन्मिनु भएका नवनिर्वाचित प्रधानमन्त्री देउवा पार्टी संस्थापक नेता बीपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिनु भएको थियो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकार अपदस्थ गरिएपछि देउवा कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गर्नु भएको हो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनु भएका देउवा नेपाल विद्यार्थी संघका संस्थापक सभापति हो ।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनोमिक्सका रिसर्च फेलो गर्नु भएको हो ।
पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेवी देउवाका जेठा छोरा सभापति देउवाको विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट अधिक मतान्तरमा निर्वाचित हुनु भएको थियो । विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा पनि डडेल्धुरा र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले विसं २०४८ देखि २०५१ सम्म गृहमन्त्री एवम् तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उहाँ पहिलोपटक कांग्रेस संसदीय दलको नेता निर्वाचित हनु भएको थियो । विसं २०५१ मा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिस्ट सरकार विसं २०५२ मा ढलेपछि उनी पहिलोपटक नेपालको प्रधानमन्त्री बन्नु भयो । विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री हुनुभएका देउवा २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन असक्षम भनी प्रधानमन्त्री पदबाट बर्खास्त गरिएको थियो । बर्खास्त भएको दुई वर्षपछि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पुनः प्रधानमन्त्री बनाइएका देउवा २०६१ माघ १९ गते प्रधानमन्त्री पदबाट पुनः बर्खास्त भई नजरबन्दमा पर्नुभयो । पूर्वराजा ज्ञानेन्द्रको यो कदमपछि संसदीय राजनीतिमा सक्रिय राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा(माओवादी)बीच सहकार्यको वातावरण बनेको थियो ।
विसं २०५९ जेठ ८ मा संसदीय दलका नेता एवं प्रधानमन्त्री रहेकाबेला नेता देउवाले संसद् विघटन गरेपछि कांग्रेस विभाजन भएको थियो । काँग्रेसको विभाजनपछि उहाँ नेपाली काँग्रेस (प्रजातान्त्रिक)को सभापति बन्नु भएको थियो । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को विसं २०६३ मा एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता भए ।
देउवा वि.सं २०५६ मा कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गठन गरेको माओवादी समस्या समाधान उच्चस्तरीय समितिका अध्यक्षसमेत बन्नुभयो ।
पार्टी विभाजनपछि प्रजातान्त्रिकको नेतृत्व लिए पनि मुल पार्टीको नेतृत्व भने सुशील कोइरालाको देहवसानपछि काँग्रेसको १३ औं महाधिवेशनबाट मात्रै देउवाको हातमा आइपुगेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments