चहलपहल मेलबर्नको आयोजनामा एइसिसि ग्लोबल को प्रस्तुति रहेको डिमर्चा लाइभ कन्सर्ट यहि अगष्ट ३१ मा क्राउन मेलबर्न स्थित  फ्युजन नाइट क्लबमा हुने भएको छ | नव कलाकारहरुलाई महत्वपूर्ण स्थान दिने अष्ट्रेलियामा रहेको सक्रिय सस्था चहलपहलले  विभिन्न अवसरमा संगितक कार्यक्रमहरु आयोजना गरि सामाजिक सेवाका क्षेत्रमा आर्थिक सहयोग समेत उपलब्ध गराउदै आएको छ | यसै क्रममा अगष्ट ३१ मा हुने डिमर्चा लाइभ कन्सर्टबाट उठेको केहि रकम हालै सिन्धुपाल्चोकमा पहिरोमा परि बिस्थापित भएका पिडितहरुको सहयोगार्थ प्रदान  गरिने आयोजक चहलपहलले जनाएको छ |

नव सांगीतिक  कालाकारहरुको साथमा युवा पिढीहरुलाई लक्षित गरि आयोजना गर्न लागिएको लाइभ कन्सर्टमा १८ बर्ष भन्दा माथिका दर्शकहरुलाई मात्र प्रवेश दिइने बताइएको छ | कार्यक्रम स्थानीय समय अनुसार राती ८:०० बजेबाट प्रारम्भ हुने चहलपहलले जनाएको छ |

Comments

comments