मेलबर्न । बेलायतको लन्डन सहर स्थित लन्डन ब्रिजमा भएको आक्रमणमा दक्षिण अष्ट्रेलियाकी नागरिक क्रिस्टी बोडन मारिएको पुष्टि भएको छ ।

क्रिस्टी बोडन पेशाले नर्स थिईन्। गत शनिबार लन्डन ब्रिजमा भएको आक्रमणको समयमा नै घटनास्थलमा गएर घाईतेहरुलाई बचाउन खोज्दा उनको मृत्यु भएको हो ।

क्रिस्टीको परिवार तथा साथीले उनलाई ‘सुपर हिरो’ को संज्ञा दिंदै क्रिस्टीको निधन प्रति स्तब्ध भएता पनि संगै उनको त्यो बहादुरी प्रति गौरव लागेको बताएका छन् । सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको नाममा विशेष समवेदना चढाईरहेका छन् ।

उक्त घटनामा परेको आशंका गरिएकी अष्ट्रेलियाकी अर्की नागरिक ब्रिसबेनकी २१ वर्षीय सारा ज़लेनकको अवस्था भने अझै सम्म अज्ञात नै छ ।

लन्डन ब्रिजमा भएको उक्त आक्रमणमा परि ७ जनाको मृत्यु भएको थियो भने ४८ जना घाईते थिए । जसमा २१ जनाको अवस्था गम्भीर थियो । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments