काठमाडौं । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई जनताबाट कार्यकारी अधिकृत बन्ने प्रस्ताव आएको छ ।

जनता बैंकमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले केही दिनको लागि मात्र आफू पदमा रहने बताएपछि जनता बैंकमा नयाँ कार्यकारी अधिकृतको खोजि हुन थालेको छ । यसैक्रममा बैंक सञ्चालक समितिले शाहलाई जनताको सिइओ बन्न आग्रंह गरेको हो। तर शाहले भने एक हप्ता पछि मात्र निर्णय दिने बताएका छन् ।

जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक मर्ज हुँदैछ तर सिद्धार्थका सिइओ अजय मिश्रले भने वाणिज्य बैंकको नेतृत्वको दावी आफूले नगर्ने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments