सिरहा । सिरहामा एक बलात्कृतमाथि प्रहरीबाटै दुर्व्यवहार गरिएको छ । बलात्कृत बालिका अभिभावकसहित उजुरी दिन इलाका प्रहरी कार्यालय लहान गएकी थिइन् । सोमबार साँझ प्रहरीको शरणमा पुगेकी पीडितलाई प्रहरीले दुब्र्यवहार गर्दै प्रहरी कार्यालयबाट निकालिएको हो ।

वलात्कृत वालिकालाई प्रहरीले सोमवार दिनभरी प्रहरी कार्यालय भित्र प्रवेश गर्न नदिइ दुब्र्यवहार गरिएपछि उनी मानव अधिकारवादी र पत्रकारहरु समक्ष गएकी पुगेकी हुन् । अधिकारकर्मी र पत्रकारहरुले इलाका प्रहरी कार्यालय लहानका डीएसपी हिराबहादुर पाण्डेसँग घटनावारे जानकारी माग्दा आक्रोशित भई सूचना दिन इन्कार गर्नु भएको थियो ।
लहानस्थित अधिकारकर्मीहरुको व्यापक दवावपछि बलात्कार गरेको आरोप लागेका लहान नगरपालिका– १८ स्थित राजाजी बाबा आधारभूत विद्यालयका प्रध्यानाध्यापक बैजनाथ चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय लहानले सोमबार राति ९ बजे पक्राउ गरेको हो ।

प्रध्यानाध्यापक चौधरीले आफ्नै विद्यालयको कक्षा ६ मा अध्ययनरत वर्षीया बालिकालाई विद्यालय नजिक रहेको पकडियागढ जंगलमा लगेर बलात्कार गरेको पीडितको भनाइ छ ।

बलात्कारपछि बेहोस भएकी बालिका रातभरि जंगलमै रहेको र विहान होस् आएपछि आफूसँग भएको मोबाइलबाट साथीलाई फोन गरी आफूलाई सहयोग गर्न आग्रह गरेकी थिइन् । पीडित बालिकाको आमा र बुवा सुस्त मनस्थितिको रहेकाले छोराछोरीलाई पढाइ दिने र घरमा समेत सहयोग गरिदिने भन्दै  प्रधानाध्यापक आफ्नो घरमा आउने गरेको पीडित बालिकाकी आमाले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments