काठमाडौं । व्यवस्थापिका संसद बैठक सुरु भएको छ । व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद् बैठक सञ्चालन गर्न सहमत भएपछि आज प्रधानमन्त्री चयन गर्न निर्वाचन हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १० गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानानुसार जेठ ११ गते संसद्मा रहेका राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री चयन गर्न सात दिनको समयावधिसहित आह्वान गर्नुभएको थियो ।

सहमतिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि राष्ट्रपतिले जेठ १८ गते बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको थियो । राष्ट्रपतिको पत्र प्राप्त भएपछि सचिवालयले नियमावलीको दफा ४९ को उपदफा ९४० बमोजिम निर्वाचन प्रक्रिया अघि बढाएको छ ।

प्रधानमन्त्रीको निर्वाचन तालिकानुसार प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवा यसअघि तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ ।फाइल तस्बिर 

लाइभ भिडियो हेर्न लिङ्कमा क्लिक गर्नुहोस् ।

Comments

comments