एजेन्सी । वर्षाका कारण च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत सोमबार राति भएको बंगलादेश र अष्ट्रेलियाबिचको खेल प्रभावित भएको छ । बंगलादेशले दिएको १८२ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले ब्याटिङ गर्ने क्रममा पानी परेपछि खेल बिना निष्कर्ष टुंगिएको हो ।

पहिले ब्याटिङ गरेको बंगलादेशले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १८२ रन बनायो । अष्ट्रेलियाले १६ ओभरमा एक विकेटको क्षतिमा ८३ रन बनाएको अवस्थामा पानी परेपछि खेल प्रभावित भयो ।

लगातारको वर्षाका कारण खेल बिना निष्कर्ष टुंगियो र अष्ट्रेलिया अंक बाँड्न बाध्य भयो । वर्षाका कारण अष्ट्रेलियाले दुई अंक जोड्न मौका गुमायो भने एक अंक पाएको बंगलादेशको च्याम्पियन्स ट्रफीको सपना जीवित रह्यो । दुई खेलबाट दुई अंक जोडेको अष्ट्रेलिया समूहको दोस्रो , दुई खेलबाट एक अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ तथा विजयी सुरुवात गरेको इंग्ल्याण्ड शीर्ष स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments