बर्दिया । बाराबर्दिया नगरपालिका—४ स्थित कुसुम्बाघाटको भाँचिएको झोलुङगे पुलमुनि प्लाष्टिकमा पोको पारेर फालिएको बच्चालाई प्रहरीले उद्धार गरेको छ । आइतबार राति करिब साँढे आठ बजे बच्चा रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

‘बच्चाको आवस्था हेर्दा जन्मिएको आधा घण्टा जस्तो भएको देखिन्थ्यो ।’ ईलाका प्रहरी कार्यालय, बाँनियाभारका प्रहरी निरीक्षक हस्त बहादुर सुनारले भन्नुभयो । बच्चा जन्माएर बेवारिसे रुपमा फाल्ने आमाको खोजी भईरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार शिशु हाल जिल्ला अस्पताल बाराबर्दियामा राखिएको र उसको स्वास्थ्य अवस्था सामान्य छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments