काठमाडौं । काठमाडौं उपत्यकामा यसवर्षकै धेरै गर्मी भएको छ । उपत्यकाको तापक्रम आइतबार यसबर्षकै धेरै ३२ डिग्री सेल्सियस पुगेको मौसमविदले बताएका छन् ।

सोमबार बिहानको तापक्रम २३ डिग्री सेल्सियस पुगेको छ । अघिल्ला दिनमा बिहानको तापक्रम १७–१८ डिग्री हुने गरेको मौसमविद्हरु बताउँछन् । गर्मीले तराईको जनजीवन झनै प्रभावित भएको छ । तर सोमबार बेलुकीपखदेखि भने केही राहत मिल्ने अनुमान गरिएको छ ।

बेलुकीपख मौसम बद्ली हुने र मंगलबारदेखि विस्तारै तापक्रम घट्दै जाने अनुमान गरिएको छ । मंगलबार देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पूर्वी वायु र जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रममा रहेकाले मंगलबारदेखि पानी पर्ने अनुमान गरिएको हो ।

यस्तै अबको ३र४ दिन पछि मनसुन पनि भित्रने सम्भावना रहेकाले अब गर्मी घट्दै जाने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो ।

Comments