गोरखा। दुई वर्षअघि विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक आफ्नै बलबुतामा उठ्ने जमर्को गर्दै छ । ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले ध्वस्त बारपाकलाई पुरानै अवस्थामा फर्काउन स्थानीयले निकै संघर्ष गरिरहेका छन् ।

सरकारी अनुदानविनै पक्की घर निर्माण
सुलीकोट गाउँपालिका–२ की ३८ वर्षीया रसकुमारी घलेले अहिलेसम्म आफूले सरकारी अनुदान नपाएको गुनासो गरिन् । तैपनि नौ लाख खर्चमा उनले दुई महिनाअघि नै पक्की घर बनाइसकिन् । राहत अनुदान सूचीमा आफ्नो नाम नै ननिस्किएको उनको गुनासो छ । छोरीको घरका लागि गिटी कुट्दै गरेको अवस्थामा भेटिएकी घलेले नयाँ पत्रिकासँग भनिन्, ‘भूकम्पमा घर ध्वस्त बन्यो । तर, अनुदान सूचीमा नाम नै निस्किएन । छाप्रोमै कति बस्नु भनेर ऋण गरेरै घर बनाएँ । अब कसरी ऋण तिर्ने भन्ने चिन्ता छ ।’ जग्गा र घर दुवैको धनीपुर्जा हुँदाहुँदै पनि सरकारी अनुदान नपाएको उनले दुःखेसो गरिन् ।

सरकारी मापदण्ड नपुग्दा अनुदानबाट वञ्चित
बारपाककै ४८ वर्षीय पुरब गुरुङले पनि भूकम्पमा ध्वस्त घर उठाइसकेका छन् । सात लाख ५० हजार रुपैयाँमा उनले घर निर्माण गरे । घर बनाउन खर्च भएको पैसा सबै ऋण लिइएको उनले बताए । सरकारी अनुदानको पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिए पनि मापदण्ड नपुगेका कारण दोस्रो किस्ताबापतको डेढ लाख लिनबाट वञ्चित भएको उनले दुःखेसो गरे । ‘तीन महिनाअघि नै ऋण काढेर घर बनाएँ । पहिलो किस्ताको ५० हजार लिएँ, तर दोस्रो किस्ता लिन सकेको छैन । मापदण्डअनुसार घर बनाउनुपर्ने रहेछ । पैसा दिने ठाउँमा मापदण्ड नै पुगेन भन्यो । त्यही भएर ढिलो भएको छ,’ गुरुङले भने ।

सरकारी अनुदानले छेउ पनि पुगेन
बारपाकमै किराना पसल चलाउँदै आएकी २९ वर्षीया जितकुमारी गुरुङलाई ऋण काढेर घर बनाए पनि कसरी तिर्ने भन्ने चिन्ता छ । भूकम्पमा ध्वस्त घरको उनले भुइँतला उठाइसकेकी छिन् । गाउँमै ढुंगा फुटाउने काम गर्ने उनका श्रीमान्ले घर बनाउन नौ लाख रुपैयाँ ऋण काढेका रहेछन् । जितकुमारीका अनुसार त्यसमध्ये आधा रकम तिरिसकिएको छ । पहिलो किस्ताबापतको ५० हजार अनुदान लिइसकेकी उनले दोस्रो किस्ताका लागि निवदेन दिएको बताइन् । तर, अहिलेसम्म पाउन भने सकेकी छैनन् । ‘सधैँ छाप्रोमा कति बस्नु, ऋण काढेरै भए पनि घर त बनाउनै प¥यो । आयस्रोत छैन । ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । सरकारी अनुदानले त छेउ पनि नभ्याउने भयो,’ उनले भनिन् ।

वर्षाले निर्माण कार्यमा अप्ठेरो
लमजुङका २९ वर्षीय नवराज वंशीले बारपाकस्थित हिमालयन माविको भवन निर्माण ठेक्का लिएको चार महिना भइसक्यो । आरसिसी ढलानयुक्त भवन बनाउने ठेक्का लिएका उनीसँग २५ भन्दा धेरै कामदार छन् । नमुना भवन बनाउने उद्देश्यका साथ निर्माणाधीन माविलाई जापानी सहयोग निकाय (जाइका) को सहयोग छ । करिब १० करोड रुपैयाँ लागतमा सातवटा ब्लक एकैपटक बन्दै छ । ‘लगातारको वर्षाले काममा अप्ठेरो भइरहेको छ । आउने मंसिरसम्ममा सबै काम सक्ने सम्झौता छ । अवरोध नहुने हो भने निर्धारित समयमै भवन बनिसक्छ,’ उनले भने ।

पैसा नहुँदा घर बनाउन असहज
बारपाकमै होटेल चलाउँदै आएका ४० वर्षीय बालशमशेर गुरुङले भने अहिलेसम्म घर बनाउन सकेका छैनन् । आफूसँग पैसा नभएको र कसैले ऋण नपत्याइदिँदा घर बनाउने आँट नगरेको उनको भनाइ छ । ‘सरकारी अनुदानले मात्रै घर बन्दैन, आफूसँग पैसा छैन । ऋण कसैले दिँदैनन् । नौ लाखभन्दा धेरै नै खर्च हुन्छ । त्यही भएर घर बनाउने आँट नगरेको हो,’ उनले भने ।

दुई वर्षअघि विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक आफ्नै बलबुतामा उठ्ने जमर्को गर्दै छ । ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले ध्वस्त बारपाकलाई पुरानै अवस्थामा फर्काउन स्थानीयले निकै संघर्ष गरिरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments