एकीकृत नेकपा माओवादीभित्र देखा परेको आन्तरिक बिबाद चुलिदै गए पछि  बर्तमान केन्द्रीय समिति बिघटन गरी विशेष महाधिवेशन आयोजक समिति बनाउने तयारी सुरु भएको छ | औपचारिक घोषणा नगरिए पनि  पोलिटब्युरो तहसम्मका नेताहरुको अनौपचारिक बैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहित केन्द्रीय समिति विघटन गरी बर्ष दिनभित्रै बिशेष महाधिवेसन गर्नका लागि आयोजक समिति बनाउने निर्णय लगभग भैसकेको बताइएको छ |
बिराटनगर सम्मेलनवाट औपचारिक रुपमा नै सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षवीचको  बैचारिक बेमेल बिबादको रुपमा हुर्किंदै जाँदा  हल हुनुको सट्टा थप चर्किदै गएपछि एमाओवादीले त्यसलाई हल गर्न पोलिटब्युरो तहसम्मका नेतालाई अनौपचारिक छलफलका लागि मुख्यालय बोलाएको थियो।
 यस अघि डा. बाबुराम भट्टराईले बिशेष महाधिवेसनमार्फत पार्टीभित्रको बैचारिक र सांगठानिक समस्या हल गर्न माग गर्दै आएका थिए। भट्टराईको माग को समर्थन गर्दै अर्का नेता उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बिशेष महाधिवेसन हुनु पर्ने विचार ब्यक्त गर्दै आएका थिए |

Comments

comments