काठमाडौं । सस्तोमा सुन बेच्ने नाटक गरेर म्हैपीमा ३२ लाख रुपैयाँ लुटपाट भएको खुलेको छ ।

लुटपाटमा संलग्न ६ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । शुक्रबार दिउँसो म्हैपीमा सुनसरीका नन्दकुमार विश्वकर्मा र रोशन बोगटीको ३२ लाख रुपैयाँ लुटिएको थियो ।

लुटपाटमा संलग्नलाई महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धादिङका सरोज श्रेष्ठ, बाग्लुङका तारा भनिने झंक बोहोरा, गुल्मीका ज्ञानबहादुर पुरी, धादिङका अञ्जान थापा, गोरखाका सिजन अधिकारी र सन्तोष बोहोरा छन् ।

अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार एक किलो सुन ३२ लाखमा किन्न ‘डिल’ गरेर विश्वकर्मा र बोगटी बैंकबाट पैसा निकालेर सुन लिन गएका थिए । तर, उक्त समूहले सस्तोमा सुन बेच्ने बहानामा उनीहरुको पैसा लुट्नो योजना बनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments