काठमाडौं । प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि सारिएको छ । व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद संचालनमा सहमत नदेखिएपछि सचिवालयले बैठकको मिति सारेको हो । सचिवालयले आईतबारको बैठकमा  प्रधानमत्री चयनका लागि मतदान गर्ने कार्यसूची सार्वजनिक गरेको थियो । यसअघि बिहान ११ बजे बोलाईएको बैठक सुचना टांसेर अपरान्ह ३ बजेसम्मका लागि सारिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments