रुपन्देही। आइ.टि क्षेत्रमा रुचि राख्ने युवाहरुको लागि बुटवलमा आइ.टि सम्बन्धि ‘प्रोग्रामिङ्ग प्रतियोगिता’ हुने भएको छ । युवाहरुको समूह ‘नेपाली समाज’ ले नेपालमा सुचना र प्रविधिको विकास तथा यस क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको हो ।

विश्वभरका विश्वविद्यालयमा विभिन्न प्रतियोगिताहरु गर्दै आएको ACM-ICPC संगठनबाट प्रभावित भएर कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । प्रतियोगिता आगामी जुलाई १ तारिखका दिन बुटवल कालिकानगरमा रहेको कालिका मा.वि मा हुनेछ ।कार्यक्रमलाई कम्प्युटर एसोसिएसन नेपाल – रुपन्देहीले सहयोग गरेको छ ।

आयोजकका अनुसार उक्त प्रतियोगिता सात प्रश्नहरु सहित पांच घण्टा चल्नेछ। प्रत्येक टोलीमा तीन जना प्रतियोगीहरुले भाग लिन पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट हुनेको लागि रु. २१,००० पुरस्कार राशि रहेको छ ।

प्रतियोगिता संगै दुई दिने बुट क्याम्प र रक्तदान कार्यक्रम पनि हुनेछ । प्रतियोगिता बारे विस्तृत विवरण यहाँ क्लिक (नेपाली समाजको फेसबुक ग्रुप ) गरेर थाहा पाउन सक्नुहुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments