एजेन्सी । वेल्सको कार्डिफमा रहेको मेलिनियम रंगशालमा शनिबार राति भएको च्याम्पियन्स लिग फुटबलको यो सिजनको फाइनलमा रियल मेड्रिडले जीत हात पारेको छ। रियल मेड्रिडले इटालियन च्याम्पियन युभेन्टसलाई ४–१ ले हराउँदै जीत हात पारेको हो।

यो जित संगै रियल मेड्रिड लगातार दोस्रो तथा समग्रमा १२ पटक च्याम्पियन बनेको छ । रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका खेले । उनले २० र ६४ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै कासमेइरो र मार्को एसेन्सिओले १/१ गोल गरे ।

युभेन्टसका लागि मारियो मान्जुकीले एक गोल फर्काएका थिए । ८४ औं मिनेटमा आन क्वाड्राडो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।

चौथो सिजनमा तेस्रो पटक च्याम्पियन्स लिग च्याम्पियन बनेको रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले प्रतियोगितामा समग्रमा एक सय ५ गोल गरेका छन् । यो सिजन १३ खेलमा १२ गोल गरेका उनी सिजनका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले ११ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् । यसैगरी च्याम्पियन्स लिगका तीन फरक फाइनलमा गोल गर्ने एक मात्र खेलाडी पनि रोनाल्डो बनेका छन् । उनले सन् २००८, २०१४ र २०१७ को फाइनलमा गोल गरेका हुन् । यस्तै रियल मड्रिडका प्रशिक्षक च्याम्पियन्स लिग एरामा लगातार उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यसअघि सन् १९८९ र १९९० मा एसी मिलानले लगातार उपाधि जितेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments