काठमाडौं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने भएको छ ।

एमालेले पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अपराधिक नाटकको संज्ञा दिदै  त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले आयोगले पुन मतदान गर्ने निर्णयले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गरेको निष्कर्षका साथ त्यस विरुद्ध सबै प्रकारका न्यायीक उपचारको खोजी गर्ने निर्णय गरेको हो ।

बैठक पछि एमाले अध्यक्ष केपी ओलीले पुन मतदान गराउने निर्णय गर्दैमा सबै कुरा सकियो भनेर नसोच्न सत्तारुढ दललाई चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले एउटा संबैधानिक निकायको भुमिका अनुसार निर्वाचन गराउने दायित्व पुरा गर्नुको सट्टा दवावमा आएर लाचारी निर्णय गरेको आरोप लगाउनुभयो ।

निर्वाचन आयोगको सनिबार बसेको बैठकले विभिन्न प्रतिवेदनबाट मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको भन्दै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गराउने निर्णय गरेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments