काठमाडौं । भारतकी एक महिलाको गुगलका कारण ज्यान बचेको छ ।

२४ वर्षीय एक महिला प्रेमीले छोडेपछि तनावमा रहिन् र डिप्रेसनको अवस्था सम्म पुगिन् । आत्महत्या गर्नको लागि उनि जमुना नदीसम्म पुगिन् । तर नदीमा हाम फालेर मर्नुभन्दा कुनै अर्कै तरिकाले मर्ने मानसिकता बनाई घर फर्केकी उनले गुगलमा टाईप गरिन्, ” आत्महत्या कसरि गर्ने ?”

गुगलले उनले नसोंचेको उत्तर दियो । गुगलले थुप्रै सुसाइड हटलाइन नम्बर देखायो । उनले एउटामा फोन लगाइन् । फोनमा बोलेका पुलिस इन्स्पेक्टरले उनलाई भेट्नको लागि मनाए। ती महिलालाई आवश्यक काउन्सलिङ्ग गरियो र उनि आत्महत्या गर्ने सोंचबाट मात्र नभई अहिले तनावबाट समेत मुक्त भइसकेकी छिन् ।

यो घटनाले डिप्रेसनमा गएका व्यक्तिले आफ्नो तनाव अरुसंग बाँड्ने र अरुले त्यसलाई गम्भीरता पूर्वक लिइदिएर तनावबाट मुक्त हुन सहयोग गर्ने हो भने आत्महत्याका घटनाहरु कम घट्नेछन् भन्ने समेत उदाहरण दिएको छ । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments