मेलबर्न । अष्ट्रेलियाकालागि नवनियुक्त नेपाली राजदूत लक्की शेर्पा यसै साता अष्ट्रेलिया आउने हुनुभएको छ । उहाँ आफ्नो कार्यभार सम्हाल्न आउन लाग्नुभएको हो ।

राजदूत शेर्पाले आफ्नो कार्यकालमा शिक्षा र पर्यटनका लागि बिशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रीपरिषदले सिफारिसमा शेर्पालाई अष्ट्रेलियाको लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको थियो ।

लक्कीको नियुक्तिसँगै लामो समयदेखि नेपाली दूतावास अष्ट्रेलियाले राजदूत पाएको छ ।

Comments

comments