मेलबर्न । अष्ट्रेलिया र सिंगापुरले संयुक्त रुपमा नयाँ भिसा नीति घोषणा गरेका छन् ।

शुक्रवार सिंगापुरका नागरिकलाई अष्ट्रेलियाको मल्टिपल भिसा दिनेबारे सम्झौता भएको हो । सम्झौतापछि सिंगापुरका नागरिकले ६ वर्षसम्मको मल्टिपल भिसा पाउने भएका छन् । एकपटकमा बढीमा ३ महिना मात्र बस्न पाउने गरि ६ वर्षसम्मको मल्टिपल भिसा दिने सहमति भएको हो । सन् २०१८ को जनवरी १ देखि यस्तो व्यवस्था प्रारम्भ हुनेछ ।

इच्छुकहरु १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने सम्झौतामा उल्लेख छ ।

Comments

comments