सामाग्रीः

आलु उसिनेको आधा केजी, मूूला १०० ग्राम, काक्रो १०० ग्राम, गाजर ८० ग्राम , तिल पिसेको २ ठूलो चम्चा, मटर केराउ, हरियो केराउ या सानो केराउ इच्छा अनुशार भिजाएको, लप्सी ८ पीस जति उसिनेको, हरियो खुर्सानी तीन पिस जति, हरियो धनियाँ चप २ ठूलो चम्चा, नून स्वाद अनुशार, खुर्सानीको धुलो आवश्यकता अनुसार

बिधिः

सर्बप्रथम उसिनेको आलुबाट बोक्रा छोडाउने, सानो टुक्रा बनाएर काटेर एउटा भााडोमा राख्ने । त्यसपछि गाँजर, मुला, काक्रोलाई लामो कटमा काटेर आलुमा मिसाउने । अब त्यसमा केराउ, हरियो खुर्सानी लाई चिरा पार्ने र सानो केराउ पनि मिसाउने । त्यसपछि लप्सिलाई माड्ने सो आलु काक्रो भएको भाँडोमा राख्ने र मोल्ने । अब फेरि त्यसमा तेल, नून, खुर्सानीको धूलो, अलिकति पानी हालेर हातले मजाले मोल्ने । यसमा कागतीको रस पनि राख्नुभयो भने अझ राम्रो हुन्छ । अब अचारलाई झान्ने तेल तताउने र मेथी फुराएर झान्ने । फेरि यसलाई राम्रोसँग चलाउने अचार तयार भयो ।

Comments

comments