मेलबर्न । एमबिए कोर्समा केही फरक खोज्नेहरुको लागि र कम समयमा डबल डिग्री हासिल गर्न चाहनेहरुको लागि अष्ट्रेलियामा एमबिएसी कोर्स पढाई हुन्छ ।

एमबिएसी कोर्स मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन एण्ड मास्टर्स अफ प्रोफेसनल अकाउन्टिंग डबल डिग्री कार्यक्रम हो । यो कोर्स युनिभर्सिटी अफ साउथर्न क्विन्सल्याण्डमा पढाई हुन्छ ।

यस डिग्रीले विद्यार्थीहरुमा अकाउन्टिंग सिप तथा ज्ञान दिनुको साथै सम्पूर्ण व्यवस्थापन पक्षको उचित शिक्षा प्रंदान गर्छ । यो कार्यक्रम अन्तर्गत प्रत्येक दुई डिग्रीको लागि छुट्टाछुटै प्रमाणपत्र हासिल गर्न सकिन्छ ।

भर्नाको लागि आवश्यक कुराहरु :

– बिजनेस संग सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको,

– जीपीए मा न्युनतम ४.० ल्याएको हुनुपर्ने,

– २ वर्ष समबन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने,

– आईएलटिएस मा न्युनतम ६.५ वा सो बराबर हुनुपर्ने ।

यो डिग्री विश्वमान्यता प्राप्त डिग्री हो। उक्त डिग्री हासिल गरिसकेपछि विद्यार्थीहरुलाई अष्ट्रेलिया तथा अन्य देशहरुमा व्यवस्थापन क्षेत्रमा करियरको राम्रो अवसर मिल्छ ।

यो कार्यक्रम ३० महिनाको हुन्छ । आउँदो फेब्रुअरी, २०१८ देखि यसमा नयाँ शैक्षिक सत्र सुरु हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments