काठमाडौं । गीतकार कुसुम गजमेरको बिहीबार निधन भएको छ । कलेजो सम्बन्धि रोगबाट ग्रस्त भएकी संगीतकार गजमेरको भारतको मुम्बइमा उपचारका क्रममा निधन भएको हो । नेपाली संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी गजमेरको मोहनी लाग्ला है, वीरताको चीनो, झझल्को लिएर आएछ साउन, यो मुटुलाई, चिया बारीमा, माया के होला जस्ता गीतहरु निक्कै लोकप्रिय छन् ।

गजमेरले लेखेका गीतहरुमा आशा भोस्ले, नारायणगोपाल, उदित नारायण झा, दीपा झालगायतका चर्चित गायक गायिकाले स्वर दिएका छन् । कुशुमका गीतहरु अहिले पनि त्यतिकै लोकप्रिय छन् । भारतको दार्जलिङमा विक्रम संवत २००२ असोज १७ गते जन्मेकी ७२ वर्षीय गजमेर लामो समयदेखि मुम्बईमा बस्दै आउनु भएको थियो । वरिष्ठ संगीतकार रञ्जीत गजमेरकी श्रीमती कुसुमले कुसुमे रुमाल, दर्पण छाँया, बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसुलगायत थुप्रै नेपाली चलचित्रमा गीत लेख्नु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments