मेलबर्न । अष्ट्रेलियाको मेलबर्नबाट मलेसियाको लागि उडेको विमानमा एक यात्रुका कारण खतरा देखिएपछि आकस्मिक रुपमा  मेलबर्न एयरपोर्टमै फर्किएको छ । मलेसिया एयर्लाइन्सको फ्लाइट एमएच १२८ खतराको संकेतपछि सकुशल रुपमा मेलबर्न एयरपोर्टमा अवतरण गरेको हो ।

उक्त विमान उडिरहेको बेला जहाजका एक यात्रु जबर्जस्ति ककपिटमा जान खोज्दै, आफूसंग विस्फोटक पदार्थ भएको बताएका थिए । अरु यात्रुहरुका अनुसार उनको हातमा ‘इलेक्ट्रोनिक फ्रिक्वेन्सी’ उपकरण थियो ।

रातको ११:११ बजेको समयमा ६४०० फिट माथि उडिरहेको बेला उक्त घटना घटेपछि विमान मेलबर्न फर्कियो । विमानका यात्रु सबै सकुशल छन् । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments