काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनितिज्ञ व्यक्तित्वहरुको आवासस्थानलक्षित भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका छन् ।

आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधानलाई स्थानीय समयाअनुसार ८ः३० बजे बुधबार विहान जान्बाक स्क्वायरस्थित बिस्फोट गराइएको बताइएको छ ।

यस विस्फोटको कारण ५० भन्दा बढी सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएको समाचार उल्लेख छ । रासस/एएफपी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments